- Back to Home »
- nepali »
- प्रचण्ड : विश्वक्रान्तिका सुर्योदय भाग -१ !
Posted By : Govinda Baniya
कमजोर आर्थिक अवस्थाका कारण मुक्तीराम लेवाडी-ढिकुरपोखरि छाड्न बाध्य भए । २०१९ सालमा आफ्नो पुर्ख्यौली थलो छोडेर चितवनको शिवनगरमा बसाईँ सरे । त्यतीबेला छविलाल मात्र ७ वर्षका थिए । वस्तुभाउ धपाउँदै चितवन पुग्न दाहाल परिवारलाई पुरै ११ दिन लागेको थियो । चितवनमा सरेपनी खानलाउनका लागी कडा मेहेनत गर्नुपर्थ्यो त्यो परिवारलाई । तथापी दाहाल परिवारमा आर्थिक कमजोरिपनले छोडेन । चितवनमै मुक्तिरामका २ छोरा र ६ छोरीसहित १० जनाको परिवार भयो । सबै सदस्यको कडा मिहेनतपछी मध्यमवर्गिय परिवारमा रुपान्तर भयो दाहाल परिवार । एक किसिमले छविलालको बाल्यका गरिबीमै वित्यो । फेरी दाहाल परिवार चितवन भरतपुरको वैदिकनगरमा बसाईँ सर्यो ।
पार्टी सदस्यता ः २०२८
पुर्णकालीन ः २०३५
केन्द्रीय सदस्य २०४१
सुन्दर पर्यटकिय नगरी पोखराबाट १८ कि.मी उत्तर पश्चिमको पहाडी भेगमा एउटा अन्त्यन्त दुर्गम तर प्राकृतीक सुन्दरताको मनोरम सानो पहाडी गाउँ छ - जसलाई लेवाडी-ढिकुरपोखरीको । विकास निर्माणको आँखा कहिल्लै पनी पर्न नसकेको त्यो सुन्दर पहाडी बस्तिमा आजसम्म थुप्रै फुलहरू फुलीसकेका छन् । थुप्रै शिशिर वसन्त परिवर्तन भईसकेका छन् । कती फुल फुले ओईलाए कसलाई के पत्तो ? तर त्यही गाउँमा एउटा यस्तो फुल फुल्यो जो करोड नेपालीको आशाको केन्द्र बनिरहेको छ । तिनै फुल हुन् नयाँ नेपालका अगुवा, आशाका किरण पुष्पकमल दाहाल 'प्रचण्ड' ।
हो एकिकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डको जन्म कास्की जिल्लाको लेवाडी-ढिकुरपोखरीमा २०११ सालमा मंसिर २६ गतेका दिन भएको थियो । पिता मुक्तिराम दाहाल र माता भवानिदेवी दाहालको कोखबाट । प्रचण्डको न्वारनमा बाहुनले राखिदिएको नाम 'छविलाल' हो । सानोमा तिनै बालक को चिना हेर्दै ज्योतिषिले प्रचण्डपिता मुक्तीराम दाहाललाई भनेका थिए 'तिम्रो छोरा ठुलो मान्छे बन्छ ,जसलाई राजयोग परेको छ '। यसो भन्दा प्रचण्ड पिता फिस्स हाँसेका थिए रे ! नभन्दै तिनै बालक आज देश भित्र मात्र होईन अन्तराष्टीय समुदायको समेत आकर्षणको पात्र बनेका छन् ।
सुप्रसिद्द नेता प्रचण्डको जन्म त्यती सहज रुपमा भएको थिएन । निकै तनाव र चिन्ताका विचमा धर्तीमा टेकेका हुन उनले । माता भवानी दाहालले निकै लामो पप्रसव वेदना पछी छोरालाई जन्माएकि थिइन । व्यथाले च्यापेको ७२ घन्टा वितिसक्दा पनी सुत्केरी नभएपछि गाउँका बुढापाकाहरुले कविराज (वैध्य) बोलाएर ल्याउन मुक्तीराम दाहाललाई सल्लाह दिएका थिए । यता भवानी प्रसव वेदनाले छट्पटिरहेकि थिईन रुँदै चिच्याईरहेकी थिईन । मुक्तीराम वारिका कान्ला र खेतका अँचिलाहरू फराल्दै, कविराजकहाँ पुगे । कविराजले मन्त्र जपेर दिएको अक्षता र पानी लिएर वायुवेगमा घर फर्किए ।
तर- । तर पत्नी भवानीले घरछेउ भैँसी चरण नजिकै धानखेतमा बलाकलाई जन्म दिईसकेकी थिईन । पहिलो सन्तान त्यो पनी छोरो जन्मिएको मुक्तीराम खुसीले गद्गद् भएका थिए । चिन्ताग्रस्त मनस्थितीमा ३-४ किलोमिटर भागाभाग दौडिएका मुक्तीरामलाई छोरो जन्मिएकोमा सबै पिडा बिर्सेर सन्तोषको श्वास फेरे । आमाको ७२ घन्टे पिडादायी प्रसव वेदनापछि जन्मिएका बालक छवीलाई एक सातापछि नै रोगको संक्रमण भयो । उनको छातीमा पिलो निस्क्यो । छातीमा पिलो त्यो पनी एक साताको कलिलो बालकलाई । त्यसले खुसी भएका मुक्तीरामलाई अर्को पिडा दियो । त्यतीबेला गाऊँमा स्वास्थ्य संस्थाहरु हुँदैन थिए । छातिको पिलो टन्टनी टन्किरहेको थियो , जसले गर्दा बालकलाई हनहनी ज्वरो नै आउँथ्यो । के गर्ने र कसो गर्ने भन्ने अन्योलमा थिए मुक्तिराम। आफन्तहरुले सल्लाह दिए ‘लोहारकोमा लगेर झिरले रोपीदिनु’ । तर ७ दिनको बालकले त्यो पिडा कसरी खप्न सक्ला भन्ने लाग्यो पिताजीलाई । तसर्थ उनी छिमेकीकहाँ पुगे । छिमेकीले जडीबुटीको लेप लगाईदिएपछी दुई महिनामा बालकको पिलो आफै सुकेर गयो । बालककी आमा पनी प्राय विरामी परिरहन्थिन् । त्यसैले उनको रेखदेख उनकी फुपु देवीबाट भयो । समय पुरै पेटमा बस्न नपाई जन्मिएका बालक पातला र दुब्ला थिए ।

छवीलाल १० कक्षामा पढ्दाखेरी आफ्नो नाम परिवर्तन गरे ‘पुष्पकमल’ राखे । अन्तत माओवदी पार्टिको अध्यक्ष भएपछि ‘प्रचण्ड’ नामले विश्वचर्चीत हुन थाले । उनको १० कक्षामै पढ्दा पढ्दै १६ बर्षको उमेरमा २०२६ सालमा चितवन सुन्दरवस्तीकि सिता पौडेलसंग परम्परागत रुपमा मागी विवाह भयो ।
प्रचण्डका एक भाई गंगाराम दाहाल र ६ बहिनीहरु अप्सरा, सिता कमला, विष्णु र सरस्वती छन् । माहिलि बहिनिको भने बाल्यकालमै मृत्यु भयो । प्रचन्डका तिन छोरी र एक छोरा छन् । छोरीहरु ज्ञानु, रेणु र गंगा तथा छोरा प्रकाश सबैको विवाह भईसकेको छ । छोरा प्रकाश सहित सबै पार्टिमा सक्रिय छन् । प्रकाश माओवादी हेडक्वार्टरमै कार्यरत छन । पत्नी सीता पनी पुर्णकालीन राजनितिमा छिन ।
प्रचण्डको बाल्यकाल त्यसरी नै वित्यो, जसरि म नेपाली बालबालीका को बित्दछ । सानैदेखी अन्यन्त तिक्ष्ण दिमागका प्रचण्डले प्राथमिक शिक्षा शिवनगर प्रावी शिवनगरबाट गरे । माध्यामीक तहको शिक्षा शिवनगरकै नारायणि मावीबाट गरे । २०२७ सालमा दोस्रो श्रेणिमा एसएलसी उत्तीर्ण गरेका प्रचण्ड असल स्वभावका जेहेन्दार छात्र थिए । उनले पछी पाटन संयुक्त क्याम्पसबाट आईएस्सी र रामपुर क्याम्पसबाट बिएस्सी गरे ।
बाँकी अर्को भागमा !!!
फोटो/भिडियो : गुगल, फेसबुक र युट्युब !
फोटो/भिडियो : गुगल, फेसबुक र युट्युब !
comments powered by Disqus