Widgets


love-for-ever-nepali-movie
शंकर आचार्य निर्देशित चलचित्र 'लभ फर एभर'को फष्टलुक सार्वजनिक भएको छ। सोमबार राजधानीमा आयोजित कार्यक्रममा निर्देशक समाजका नब अध्यक्ष दिनेश डिसी, चलचित्र निर्माता संघको नब निर्बाचित अध्यक्ष राजकुमार राई, चलचित्र संघका महासचिब प्रदिप कुमार उदय र चलचित्र पत्रकार स.घका अध्यक्ष बिदुर गिरीले संयूक्त चलचित्रको पोष्टर फष्टलुकका लागी सार्वजनिक गरे। कार्यक्रममा चलचित्रका दुई गीत समेत देखाइएको थियो।
असार १४ गतेबाट प्रदर्शनमा आउन लागेको त्रिकोणात्मक चलचित्र 'लभ फरेभर'मा  हाई सेक्सुअल डिजाएर भएकी युवतीको भुमिकामा नायिका सुमिना घिमिरेलाई हेर्न सकिने छ भने सुमिनालाई नायक गजित बिष्ट र निरज बरालले साथ दिएका छन्। 'लभ फरेभर'मा सुमिनाले यौन प्यास मेट्न मरिमेट्न के कस्तो हर्कत गर्छिन् भन्ने बिषयलाई केन्द्रबिन्दु बनाईएको छ।
ove-for-ever-nepali-movie
शंकर आचार्यले रंगमञ्च र सानो पर्दा को लामो अनुभब पछि ठुलो पर्दामा पाइला बढाएका हुन्। 'लभ फर एभर' मा उनको निर्माणका, निर्देशनका साथै अभिनय समेत छ। चेतन सापकोटाको संगीत, गम्भीर विष्टको नृत्य निर्देशन, सूर्य थोकरको द्वन्द्व रहेको चलचित्रको सम्पादन नविन निरौलाले गरेका हुन्।
म सानैबाट दुख पाएको व्यक्ति, अझै पनि सुख पाउन सकेको छैन। यसैले यो पटक दुःख गरेर चलचित्र बनाएको छु, नराम्रो नलेखि दिनुहोला भन्दै चलचित्रका निर्माता समेत रहेका निर्देशक शंकरले कार्यक्रममा पत्रकार तथा दर्शकलाई आमा बुबानै तपाइहरु भन्न समेत पछि परेनन्। चलचित्रका प्रस्तुतकर्ता राज आचार्य रहेका छन्। 





Posted by :


comments powered by Disqus

Ad

Powered by Blogger.

- Copyright © HANDS & MIND Designed and Developed by Govinda Baniya