Widgets








एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा एमाले नभएको भनेको हप्तादिन बितेको छ । जसको जवाफ कामरेड केपी होलिसँगै अध्यक्ष झलनाथ खनाल, नेता माधव नेपालले विभिन्न मन्चहरुबाट उखान र टुक्का हालेर दिइरहनुभएको छ ।

प्रचण्डकै भाकामा भन्ने हो भने नेपालबाट हराएको एमाले नेपालबाट मात्र हैन विश्वभरका साना भन्दा साना जानकारी राख्ने गुगलबाट समेत हराएको पाइएको छ । गुगलमा नेकपा एमाले भनेर हान्दा गुगलले नेकपा एमाले भन्ने नभएको भन्दै अरुनै खोज्न सुझाएको छ । तर यो बास्तवीकत नभइ प्रचण्डका प्रिय पात्रहरुले गरेका हुन फोटो बाट । जुन तस्विरमा देखिरहनुभएको छ ।

प्रचण्डलाई काम गर्न देउ भन्दै खोलिएको एक फेसबुक लाइक पेजले नेकपा एमाले फेसबुकमा खोज्जा पनि नभेटिएको ग्राफिक्स कमाल गरेर फेसबुकबाट प्रचार गरेका हुन । जसलाई माओवादी समर्थक तथा एमाले बिरोधीहरुले लाइक र सेयरको अभियाननै चलाएका छन । 






Posted by :


comments powered by Disqus

Ad

Powered by Blogger.

- Copyright © HANDS & MIND Designed and Developed by Govinda Baniya