Widgets


bijay kumar gachhdar
संविधानको निर्वाचनको चर्चा भइरहँदा बिजय गच्छदारले मधेशमा ठुलै चिठ्ठा पारेका छन्। तमलपा(नेपाल)का महामन्त्री सहित ५ जना उपल्ला स्तरका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराएपछी उनको बारेमा यस्तो विश्लेषण गरिएको हो। आज मात्रै तराई मधेश लोकतान्त्रिक नेपाल पार्टी (महेन्द्र यादव) समुहका केन्द्रिय पदाधिकारीसहित पाँच पूर्वसभासद आफ्न पार्टी मधेशी जनाधिकार फोरम (लोकतान्त्रिक)मा प्रवेश गराएर गच्छदारले आफ्नो स्थिति मजबुत बनेको संकेत दिएका हुन्।
सदरमुकाम गौरमा आयोजित एक कार्यक्रममा गच्छदारले तमलोपा(नेपालका)का महामन्त्री, सहमहामन्त्री तथा कोषाध्यक्षलाई फोरममा प्रवेश गराएका हुन्।
पार्टी प्रवेश गर्नेमा महामन्त्री तथा पूर्वसभासद् गोविन्द चौधरी, सहमहामन्त्री तथा पूर्वसभासद् अरविन्द साह, केन्द्रिय कोषाध्यक्ष तथा पूर्वसभासद् रमणी राम तथा सभासदहरु चन्दन साह र उमिर्ला महतो रहेका छन्।
यसै गरी तमलोपाका जिल्ला उपाध्यक्ष राम प्रवेश राय यादव, महिला उपाध्यक्ष श्रीमती आशा शेखर, जिल्ला सदस्य अमृतलाल चौधरीलगायत विभिन्न पार्टीका नेता–कार्यकर्ता प्रवेश गरेको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले जनाएको छ।





Posted by :


comments powered by Disqus

Ad

Powered by Blogger.

- Copyright © HANDS & MIND Designed and Developed by Govinda Baniya