Widgets


फेसबुक र ट्विटरमा अनगिन्ती गुनासाहरु पोखिएकाछन् । सामाजिक सञ्जालमा अपडेहरु हेर्दा यस्तो लाग्छ हामीलाई “नमर्ने रिस उठेकोछ”, आफू माथि,  भ्रष्ट नेताहरु माथि, मन्त्रीपरिषद अध्यक्ष, राष्ट्रपति, अनि लोकमान माथि । आफ्नै आँखा अगाडी अराजकताको राज चलिरहेकोछ, अनि हामी टुलुटुलु हेरिरहेकाछौँ । हामीसँग विकल्प छैन भन्दै आफ्नै पुर्पुरोमा हात लगाएर बसिरहेकाछौँ ।protest-against-lokmanचारदलहरुले नै यस्तो नचाहिँदो निर्णय गरेपछि अनि राष्ट्रपतिले नै लालमोहर लगाइदिसकेपछि लोकमानलाई मात्र गाली गरेर हुनेवाला पनि केही छैन । यदि यो गलत कदम हो भने, लोकमान भन्दा कयौँ गुना दोषी, माओवादी, कांग्रेस, एमाले लगायतका दलहरुछन् । यी तिनै दलहरु हुन् जो चुनावको समयमा हामीसँग हात पसार्दै आइपुग्छन् भोटको लागि । अनि हामी तिनै भ्रष्टहरुलाई चुनेर पठाउछौँ, हामीमाथि शासन गर्न । अनि उही प्रवृत्ति दोहोरिन्छ, कम्तिमा मैले यही देखेँ विगत १८-२० वर्षको समयमा ।





मलाई के लाग्छ भने, यी दलहरुका नेतृत्व विरुद्ध ती पार्टिका युवा नेताहरु जाग्नुपर्छ । लोकमान नियुक्तीको विरोधमा नेपाल बन्द गरेर सर्वसाधारण जनतालाई दुख दिनुभन्दा, आफ्ना पार्टि कार्यालय घेराउ गर्नुपर्छ । युवा नेताहरुलाई के कुराले आफ्नो नेतृत्वको विरुद्धमा जान रोकेकोछ, उनीहरु नै जानुन्, तर उनीहरुले आन्दोलनको नेतृत्व गरेको अवस्थामा नेपालीजनताहरु युवाहरुको साथ उनीहरुलाई रहनेछ भनेर बुझ्दाहुन्छ, किनकी यी दलहरुका बुढाखाडा नेतृत्वबाट हामी आजित भइसकेकाछौँ। वा विकल्पका रुपमा प्रस्तुत भइरहेका विवेकशिल नेपाली लगायतका समूहहरुलाई समर्थन गर्नुपर्छ । अब पनि फेरि उनै नेताहरुलाई चुनावमा भोट हाल्न मन मान्दैन, उनीहरुलाई आफ्नो नेता स्विकार्न सकिँदैन ।

मैले सिधा रुपमा नबुझेको कुरा के हो भने, “जसलाई अयोग्य भनेर घोषित गरियो, उसैलाई त्यहीँको प्रमुख” कसरी र किन बनाइयो? सायद सबैजना यही प्रश्नकै उत्तर खोजिरहेकाछन् र लोकमान लगायतहरुको विरोध गरिरहेकाछन् । आफ्नो रिस पोख्न आज अधिकांशले फेसबुक र ट्विटर जस्ता सामाजिक सञ्जालको प्रयोग गरे जहाँ उनीहरुले विरोध स्वरुप आफ्ना अपडेटहरुमा “कालो” पोते, भलै यसबाट गल्ति सच्चिने सम्भावना देखिँदैन ।
against-lokmanfacebook-status-goes-blacktwitter-goes-black-in-nepal
र यसरी रमाइलो गरेको नि देखियो । (आज गुगल डुडलमा डिजाइनर सल बास [Saul Bass] लाई सम्झना गरिएको थियो ।)google-doodle-fun
यो हप्ता “लोकमान” ट्विटरमा चर्चामा रहे भन्ने कुरा टप्सीबाट निकालिएको तलको ग्राफले जनाउँछ !




lokman-mentions

साभार -  आकारपोस्ट





Posted by :


comments powered by Disqus

Ad

Powered by Blogger.

- Copyright © HANDS & MIND Designed and Developed by Govinda Baniya