- Back to Home »
- साउदीमा कोठामा थुनेर दुई वर्षसम्म यौन शोषण
२६ वैशाख, काठमाण्डौं । कञ्चनपुरकी एक युवती सुन्दा पनि कहालिलाग्दो घटनाको सिकार भएकी छन् । राम्रो जागिर लगाइदिने प्रलोभनमा साउदी अरब पुर्याइएकी ती युवती दुई बर्षसम्म घरमालिक र उनका पाहुनाको यौन शोषणको सिकार भएकी हुन् ।

राजदूतावास, साउदीमा कार्यरत नेपाली तथा विभिन्न सामाजिक संघसंस्थाको पहलमा गत साता स्वदेश पर्किएकी परासन ७, धनसिंहाकी ती १८ बर्षकी युवतीले घरेलु कामदारका रुपमा गैरकानुनी तरिकाले भारतको मुम्बई हुँदै त्यहाँ पुर्याइएदेखि उद्धार नहुन्जेलसम्म यौन शोषणको सिकार भएको बताएको खबर कान्तिपुर दैनिकले छापेको छ । ‘दिउँसो घर मालिकले कोठामा थुनेर बाहिरबाट चाबी लगाउँथे,’ बयानमा उनले भनेकी छन् ‘राति ती अरबी मालिक र उनका पाहुना पासविक तरिकाले जबर्जस्ती इज्जत लुट्थे ।’
comments powered by Disqus
Post a Comment