Widgets


विभिन्न स्टण्ट गरेर चर्चामा रहन सफल नायिका रेखा थापा पलायन हुने भएकी छन । एक पछि अर्को असफलताले च्याप्न थालेपछि रेखाले पलायनको बाटो रोजेकी हुन ।
जस्ता पाता ताते’झै छोटो समयमा चर्चामा पुगेकी रेखाको करिअर लगातार ओरालो लागेपछि रेखाले पलायनको बाटोरोझेकी हुन । खासगरी पछिल्लो चलचित्र 'हमेसा' फल्प खाएपछि रेखाले चलचित्र बजारमा आफ्नो उपादेयता सकिएको निश्कर्षमा पुगेकी हुन ।
केही बर्ष अमेरिका गएर पैसा जम्मा गर्न सके उनी नेपाल फर्कीने छिन, नितान्त फरक भूमिकामा  । केही बर्षपछि निर्माण गर्नेगरी उनले नयाँ चलचित्रको नाम जुराएकी छन–‘काले केटो ।’एमाओवादी अध्यक्ष प्रचण्डले चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त गर्ने आश्वासन दिएपनि पद नपाएपछि रेखा विरक्तिएकी हुन । ‘प्रचण्डवाटपनि आश्वासन बाहेक केही भएन, वेकार माओवादीको ट्याग लाग्यो, उनले निकटवर्तीलाइ सुनाउने गरेकी छन ।’
नेपाली सिनेमाकी सदावहार नायीका करिस्मा मानन्धर देखी, सरोज खनाल, जल शाह, रमेश उपे्रती, गौरी मल्ल समेत कुनैवेला अमेरिकामा भासिएका थिए । करिस्मा फर्कीएनि अन्यले नेपाली सिनेमा क्षेत्रमा नाम काटेर नयाँ भूमिका खोज्दैछन।  कुनैपनि स्टण्टले कामगर्न छाडेपछि रेखाले एउटा र एउटै मात्र बाटो देखेकी छन, अमेरिका पलायन ।सिनेमा बजारमा सुनिए अनुसार रेखाको हुनेवाला दोस्रो पोइ, अमेरिकामा छन । श्रीमतीसंग सम्बन्ध विच्छेद भएका नेपाली व्यापारिले रेखाको नाममा एएटा फ्ल्याट भाडामा लिएको चर्चा पनि सुनिश्छ ।
पिताको उमेरका छवि ओझासंगको सम्बन्ध टुटेपछि रेखा नयाँ पोइ पाउन भौतारिरहेकी थिइन ।









Posted by :


comments powered by Disqus

Ad

Powered by Blogger.

- Copyright © HANDS & MIND Designed and Developed by Govinda Baniya