- Back to Home »
- नागरिकताको पनि किनबेच !
नागरिकता वितरणका लागि सञ्चालित घुम्ती शिविरबाट भारतीयले किर्ते कागजात पेस गरी धमाधम नागरिकता लिइरहेको फेला पारेपछि गृहमन्त्रालयले तत्काल रोक्न प्रमुख जिल्ला अधिकारीलाई सचेत गराउँदै लिखित निर्देशन दिएको छ ।

वंशजका आधारमा नागरिकता लिन भारतीयहरुले आर्थिक प्रलोभनसमेत दिने गरेका छन् । ‘हिजो नै लिखित निर्देशन दिएका छौं,’ गृह सचिव नवीनकुमार घिमिरेले सोमबार भने, ‘किर्ते नागरिकता बनाउन कर्मचारीको संलग्नता भेटिए कारबाही हुन्छ ।’ नागरिक दैनिकमा खबर छ ।
सप्तरीको पश्चिम दक्षिण सीमावती पातो गाविसमा सञ्चालित घुम्ती शिविरमा किर्ते विवरण पेस गरी नागरिकता लिन लागेका भारतीय नागरिक मोहब्बत अख्तरलाई प्रहरीले पक्राउ गरेको थियो ।
comments powered by Disqus
Post a Comment