- Back to Home »
- विवाहअगावै नम्रताको ब्रेकअप
अहिलेका व्यस्त नायक सविन श्रेष्ठ तथा मोडल एवं एयरहोस्टेज नम्रता झाको रिलेसनसिप ब्रेकअप भएको छ । आठ वर्षदेखिको प्रेमसम्बन्धलाई यसै साता उनीहरूले विधिवत् रूपमै टुंग्याएका छन् । सफल रूपमा प्रदर्शन भैरहेको चलचित्र हमेशाका नायकसँगको नम्रताको सम्बन्ध पछिल्ला दिनमा बिगँ्रदै गएको थियो । ओमान एयरलाइन्समा कार्यरत पूर्व मोडल झा एवं नायक सविनले २०६७ माघमा औंठी साटासाट गरेका थिए । 'हामीले सहमतिमै विवाह नगर्ने निधो गरेका हौं,' नम्रताले भनिन्- 'सम्बन्ध चिसो हुनुभन्दा अलग्गिएकै बेसजस्तो लाग्यो ।' केही चलचित्र तथा टेलिश्रृंखलामा समेत अभिनय गरेकी नम्रताले सविनकै कारण आफूले उक्त पेसा छोडेर एयरहोस्टेज बनेको बताइन् । 'मैले सविनकै लागि कलाकारिता क्षेत्र त्यागेकी थिए,' नम्रताले थपिन्- 'उसलाई यो क्षेत्रमा काम गर्न सहज होस् भन्ने मेरो चाहना थियो, तर अहिले आएर ब्रेकअपको बाटो रोज्नुपर्यो ।'
नम्रता एयरहोस्टेज भएपछि सबिनले रेखा थापा ब्यानर्सको चलचित्र 'अन्दाज' मा डेब्यु गरेका थिए । चकलेटी हिरोका रूपमा फिल्ममा देखा परेका सबिन अहिले गठिलो ज्यान भएका हिरोका रूपमा समेत चिनिन्छन् । अन्दाज पछि रावण, फुलस्टप, हमेसा आदि चलचित्रमा काम गरिसकेका सबिनले चलचित्र मेरो एउटा साथी छ तथा फस्टलभमा पनि सानो भूमिकामा अभिनय गरेका थिए । घरबेटी बाबाट उनको कलायात्रा मजबुत भएको थियो । त्यसपछि टेलिश्रृंखला कलेजमा पनि उनी देखिए । सविनले अहिलेसम्म ५० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।
'हो, हामीले सहमतिमै रिलेसनसिप ब्रेकअप गरेका हौं,' पर्सनल म्याटर भएकाले बोल्न असहज मानिरहेका नायक भन्दै थिए- 'बीच-बीचमा झगडा मिलाप भैरहन्थ्यो, तर अब पूर्ण रूपमै छुट्टएिका छौं, अब हाम्रो बाटो अलग भएको छ ।' सविनका अनुसार एयरहोस्टेज फियान्सीले पर्याप्त समय दिन नसकेको आरोप लगाउँथिन् । 'म चलचित्रकै कामले व्यस्त थिएँ,' सविनले भने- 'तर मेरो मेरो व्यस्ततालाई उनले बुझिनन् ।' यी दुईबीचको सम्बन्ध त्यसकारण मात्र चिसिएको भने अवश्य होइन् । पछिल्ला दिनमा उनीहरू एक-अर्कालाई विश्वास गर्न छोडेका थिए । नम्रताले सविन अरूसँगको रिलेसनमा पनि रहेको थाहा पाएको बताए पनि सविन उक्त कुरा स्वीकार गर्न तयार छैनन् । सविनको अन्य युवतीसँगको सम्बन्धका बारेमा थाहा भए पनि नबोली बसेको उनले बताइन् । 'उसको बानी-व्यवहार बुझेर नै मैले यसपटकको उसको बर्थ डेमा सप्राइज गिफ्टका रूपमा ब्रेकअप उपहार दिएकी हुँ,' नम्रताले भनिन्- 'मैले उसलाई छोड्ने कुरा सुनाउँदा ऊ पनि त्यसलाई स्वीकार गर्न तयार भयो, त्यसपछि सहजै ब्रेकअप गर्यौं ।'
यता सविनका अनुसार उनले नम्रताको एयरहोस्टेज करियरमा पनि कुनै किसिमको इन्टरफेयर गरेका थिएनन् । 'उनको प्रोफेसनमा पनि मैले शंका-उपशंका गर्न सक्थें, तर त्यो नगरी उनलाई पि|mडमका साथ काम गर्ने अवसर दिएको थिएँ,' सविनले भने- 'तर मैले काम गर्ने चलचित्र उद्योगमा नायिकाहरूसँगको सम्बन्ध, उठबस आदिमा पनि उनले धेरै पटक चासो राखेकी थिइनँ ।' इन्डस्ट्रीमा काम गर्दा भेटिने युवतीहरूका विषयमा नम्रताले धेरै केरकार गर्ने, फोनमा बोल्दा पनि असजिलो मान्नुपर्ने अवस्था भएको सविनले सुनाए । 'म केटा साथीमात्र बनाएर बस्न सक्दिनथें,' सविनले भने- 'उनी फ्यानदेखि कोस्टारसम्मको सम्बन्धमा शंका गर्थिन् । केटीसँग बोल्नै नहुने जस्तो थियो ।'
इन्गेजमेन्ट गर्दा उनीहरूले पाँच वर्षभित्रमा विवाह गर्ने योजना सुनाएका थिए । नम्रताको बर्थ डेको अवसर पारेर सुरु भएको औपचारिक सम्बन्ध सविनको बर्थडेमा आएर टुंगियो । सविन पछिल्ला दिनमा स्थापित कलाकारका रूपमा चलचित्र उद्योगमा काम गरिरहेका छन् भने नम्रता पनि आफ्नो पेसामा स्थापित भैसकेकी छिन् । 'सविनका कारण मैले चलचित्र नगरी छोडेकी थिएँ,' नम्रताले भनिन्- 'अब राम्रो अवसर पाए फेरि यो क्षेत्रमा सक्रिय हुन्छु ।'
'म हिजो जस्तो थिएँ, आज पनि त्यस्तै छु र भोलि पनि त्यस्तै रहनेछु' सम्बन्धका बारेमा कुराकानी गर्ने क्रममा सविनले भने- 'यो सम्बन्ध सकिँदा खुसी पनि छैन र दुःखी पनि छैन ।' यता नम्रताले भने सविनका कारण बाँधिएको जिन्दगीबाट उन्मुक्ति पाएको बताएकी छिन् । पछिल्ला दिनमा फेसबुक स्टाटसमा पनि उनले आफु अब आफ्नै हिसाबले बाँच्ने कुरा उल्लेख गरेकी छिन् । 'म खुसी छु, हिजोका दिनमा उसका निम्ति बाँचिरहेजस्तो लाग्थ्यो,' नम्रताले भनिन्- 'अब आफू र आफ्नो करियरका निम्ति सक्रिय रहनेछु ।' नम्रता अबका केही समय अफेयरको चक्करमा नफस्ने बताउँछिन् । उनका अनुसार उनी आफूलाई सफल नारीका रूपमा उभ्याउन मेहनत गर्नेछिन् ।
सविन पनि चलचित्रमै व्यस्त रहेकाले यो सम्बन्धबाट बिट मार्न चाहेका हुन् । 'मैले धेरै काम गर्नुछ, त्यसकारण अब अन्य कुरामा नअलमलिई अघि बढ्नेछु' सविन भन्छन्- 'नचाहेर पनि कतिपय निर्णयलाई आत्मसात् गर्नुपर्ने हुन्छ, नम्रता र मेरो सम्बन्ध पनि त्यही हो ।' अलग हुने बाटोमा जाने निर्णय लिइसकेका उनीहरूले आपसमा रहँदा एकअर्कालाई गरेको सहयोगको सावा ब्याज पनि नखोज्ने बताए ।

comments powered by Disqus
Post a Comment